दफा
परिषद्को काम, कर्तव्य र अधिकार

(१) परिषद्को काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ
(क) उपभोक्ताको हक हित संरक्षण, आपूर्ति व्यवस्था र उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, शुद्धता सम्बन्धी विषयमा
नेपाल सरकारलाई सुझाब दिने ।
(ख) उपभोक्तालाई उपभोग्य वस्तु तथा सेवाको सम्बन्धमा सुरक्षित गराउन त्यस्ता वस्तु तथा सेवाको गुणस्तरका सम्बन्धमा
जानकारी गराउन उपभोक्ताको हक हित सम्बन्धी सूचनाहरू प्रचार प्रसार गर्ने, गराउने ।
(ग) उपभोक्तालाई उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुण, परिमाण, शुद्धता तथा अनुचित व्यापारिक क्रियाकलापका सम्बन्धमा
सूचित गर्ने, गराउने ।
(घ) उपभोक्ताको हक हित संरक्षण गर्ने सम्बन्धमा अनुसन्धान गर्ने, गराउने ।
(ङ) उपभोक्ताको हक हित संरक्षण सम्बन्धमा भइरहेका नीति परिवर्तन गर्ने वा नयाँ नीति बनाउने सम्बन्धमा नेपाल
सरकारलाई सुझाब दिने ।
(च) उपभोक्ताको हक हित संरक्षण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचनाहरू अद्यावधिक राख्ने तथा राख्न लगाउने ।
(छ) उपभोक्ताका अधिकारहरूको अनुगमन गर्ने गराउने र अनुगमन गर्दा देखिएका त्रुटीहरूको सुधार गर्न नेपाल सरकारलाई सुझाब
दिने ।
(ज) नेपाल सरकारले तोकिदिए बमोजिमका काम गर्ने, गराउने ।
(झ) उपभोक्ताको हक हित संरक्षण गर्ने सम्बन्धमा उपयुक्त सम्झेको अन्य काम गर्ने, गराउने ।
(२) परिषद्को सचिवालयको काम आपूर्ति मन्त्रालयले गर्नेछ ।